१७५ यात्रु बोकेर आकाशमा उडिरहेको बिमानमा एक्कासी चट्याङ परेपछि — OSNepal

१७५ यात्रु बोकेर आकाशमा उडिरहेको बिमानमा एक्कासी चट्याङ परेपछि

LC (KTM) October 02, 2021 0

रुसमा एक यात्रु बहाक बिमानमा १७५ जना सवार थिए । बिमान आकाशमा उडिरहेको थियो । त्यति नै बेला एक भयानक बिजुली सहितको चट्याङ परेपछि बिमान पुरै हल्लिएको थियो । उक्त बिमानमा बसेका यात्रुहरुले बिमानको झ्याल बाट बिजुली बिमानमा झरेको देखेका थिए । त्यसपछि यात्रुहरुलाई लागेको थियो कि अब बच्नका लागि एकदमै मुश्किल रहेको छ । यो घटना अजुर एयरलायन्यसको बोइंग ७३७ मा भएको थियो ।

तुफानमा फसेको तथा त्यसमाथि चट्याङ सहितको आगोको मुश्लो खसेपछि फ्री फल भएको थियो । बिमान एकदमै तेजीका साथ तल झरेको थियो । दक्षिण पश्चिम रुसमा रहेको ब्ल्याक सी रिर्साेटको छेउमा पुगेको थियो । चट्याङ पर्नु अघि नै बिमान तुफानमा सयौ फिट तल आएको त्यस बिमानमा सवार एक पर्यटकले सबै यात्रुको भिडियो आफ्नो मोबाइलमा कैद गरेका थिए । त्यस पछि बिमानलाई आपतकालिन ल्यान्डिंग गर्नु परेको थियो ।

एक यात्रुका अनुसार यो एकदमै भयानक थियो । उनलाई लागेको थियो कि अब जिवन खत्तम भयो । बिमान पुरै क्र्यास हुनेछ । चट्याङ सहितको बिजुलीको मुस्लोले बोत्तल तथा अन्य छोटा चिजहरु पुरै क्याबिनमा छरपस्ट बनेका थिए । त्यस्तो घटना हुँदा समेत पाइलटले बिमानलाई एकदमै चमत्कारीक ढंगले ल्याण्ड गराएको यात्रूहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर