प्रिमियर लिगमा लिड्स युनाइटेडको पहिलो जित — OSNepal

प्रिमियर लिगमा लिड्स युनाइटेडको पहिलो जित

LC (KTM) October 02, 2021 0

प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित निकालेको छ । आज राति भएको खेलमा लिड्सले वाटफोर्डमाथि १–० गोल अन्तरले हराउँदै पहिलो जित निकालेको हो । लिड्सलाई पहिलो जित दिलाउने क्रममा डिएको लोरेन्टेले निर्णायक गोल गरेका थिए । उनले खेलको १८औं मिनेटमा गरेको गोलले नै निर्णायक बनेको थियो । लिड्सले ७ खेलबाट ६ अंक मात्र जोड्न सकेको छ । लिड्स अंक तालिकाको १६औं स्थानमा छ ।

पराजित वाटफोर्ड ७ अंक जोडेर तालिकाको १४औं स्थानमा छ । लिड्सले ७ खेल खेल्दा अहिले सम्म जित निकाल्न सकेको थिएन् । आजको जित लिड्सको पहिलो जित थियो । आज नै भएको अर्को खेलमा उल्भ्सले न्युक्यासलमाथि २–१ गोलको जित निकालेको छ । त्यस्तै अर्को खेलमा वर्नली र नर्विच सिटीले गोल रहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर