बलिउड अभिनेत्री आलिया भट्ट लाई तनाव , आफ्नो २ वटै फिल्मको रिलिज डेट एउटै — OSNepal

बलिउड अभिनेत्री आलिया भट्ट लाई तनाव , आफ्नो २ वटै फिल्मको रिलिज डेट एउटै

LC (KTM) October 02, 2021 0

कोरोनाकालमा लागेको लकडाउनका कारण धेरै फिल्महरु शुटिंग गर्न सकिएको थिएन । यसकारण फिल्म रिलिज डेटमा पनि ढिलाई भएको थियो । तर अब सबै कुरा पहिलाको जस्तै खुल्न थाले पछि धेरै फिल्महरुले रिलिज डेट तोक्न सुरु गरेका छन् । अब अहिले आएर ठुला ठुला प्रोजेक्टका फिल्महरु रिलिज हुन थालेका छन् । यसैक्रममा एस एस राजामौलीको फिल्म आर आर आर तथा संजय लीला भन्सालीको फिल्म गंगुबाई काठियाबडी अब एकै चोटी रिलिज हुने भएको छ ।

यसैक्रममा दुबै फिल्मका दर्शक आपसमा बाँडिने निश्चित भएको छ । यसका कारण फिल्मको कमाइमा एकदमै असर पर्ने देखिएको छ । पैन इण्डिया फिल्म आर आर आर का सबै प्रशंसकको एकदमै प्रतिक्षा रहेको छ । बहु प्रतिक्षित फिल्म आर आर आर बिश्वभरको सिनेमाघरमा रिलीजका लागि एकदमै तयार रहेको छ । यो फिल्म २०२२ को ७ जनवरीमा रिलिज हुन गईरहेको छ भने संजय लीला भन्सालीको फिल्म गंगुबाई काठियाबडी जनवरी ६ मा रिलिज हुन गईरहेको छ । तर संयोग यो मिलेको छ कि यी दुबै फिल्ममा आलिया भट्ट रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर