रुकुमका गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामी पर्छन मृत्युको मुखमा — OSNepal

रुकुमका गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामी पर्छन मृत्युको मुखमा

LC (KTM) October 03, 2021 0

आठबीसकोट नगरपालिका च्यामिरकोट रुकुम पश्चिमबाट बिरामीलाई ४ घण्टा बोकेर जाजरकोट भेरी नगरपालिका–१ स्थित रिम्ना मेडिकलमा उपचारका लागि ल्याइँदै गरेका बिरामी । गाउँमा स्वास्थ्य संस्था नहुँदा बोकेर टाढाको स्वास्थ्य चौकीमा उपचकारका लागि लानुपरेको छ ।

१६० जातका वनस्पति पहिचान-बागलुङ कालिका भगवती मन्दिर परिसरमा अवस्थित जङ्गलमा १६० जातका वनस्पतिको पहिचान भएको छ । मन्दिर परिसरका जङ्गलमा अध्ययन गरिरहेको वनस्पतिविद्को समूहले हालसम्म पहिचान भएका वनस्पतिको विषयमा जानकारी गराएको हो ।

मन्दिर परिसरमा रहेका रूखको पहिचान र गणना थालिएकाले वनस्पति पहिचानमा सहज भएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले करिब १९० रोपनी जग्गामा रहेको वनका रूखका वर्ग छुट्याउँदै गणना सुरु भएको जनाएको छ । परिसरका सयौँ वर्ष पुराना साल, सल्ला, चिलाउने, कटुसलगायत विभिन्न जातिका रूखको पहिचान गरी वैज्ञानिक नामसहित ट्याग लगाइँदैछ ।

मन्दिरमा करिब ४०० वर्ष पुराना रूख पाइएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । बोट, बिरुवा अध्ययन गर्दा केही महत्वपूर्ण वनस्पति फेला परेको अध्ययन टोलीमा सहभागी प्रवीण भण्डारीले बताउनुभयो । उहाँ चीनमा वनविज्ञान विषयमा विद्यावारिधि अध्ययन गरिरहनुभएको छ । “जैविक विविधता र वनस्पतिको अभिलेखीकरणसँगै मन्दिर परिसरको जङ्गलमा रहेका ६० प्रजातिका रूखको वैज्ञानिक नामसहित ट्याग लगाइएको छ”, उहाँले भन्नुभयोे, “हामी अध्ययनकै क्रममा छौँ, मन्दिरको जङ्गलमा महत्वपूर्ण वनस्पति भुइँसुनाखरी फेला परेको छ ।” जङ्गलमा सर्पगन्धालगायत औषधीय गुण बोकेका वनस्पतिसमेत पाइएका छन् ।

मन्दिरको अधिकांश भू–भाग जङ्गलले ढाकिएको छ । भक्तजनलाई पर्यटनमैत्री वातावरण बनाउने र जङ्गलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने तयारी गरिएको समिति अध्यक्ष खड्काले बताउनुभयो । “मन्दिरको आकर्षणका रूपमा रहेको जङ्गललाई संरक्षण गर्न त्यहाँ रहेका वनस्पतिको पहिचान थालिएको हो”, उहाँले भन्नुभयो । व्यवस्थापन समितिले मन्दिरमा दैनिक पूजाअर्चनाको प्रबन्ध मिलाउनुका साथै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रयासमा काम अघि बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर