तनहुँमा पाँच लाखको लगानीमा सामुदायिक वनभित्र बाघको मूर्ति निर्माण गरियो — OSNepal

तनहुँमा पाँच लाखको लगानीमा सामुदायिक वनभित्र बाघको मूर्ति निर्माण गरियो

LC (KTM) October 03, 2021 0

तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित बाराही सामुदायिक वनभित्र बाघको मूर्तिसहित निर्माण गरिएको बाघेटारी बेलडाँडा हरित उद्यान । डिभिजन वन कार्यालयको रु पाँच लाखको लगानीमा उद्यान निर्माण गरिएको हो ।

कांग्रेस नगर सभापति : गोकर्णेश्वरमा लामा, शङ्खरापुरमा श्रेष्ठ, कागेश्वरी–मनहरामा दाहाल-नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित हुनुभएको छ । पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उहाँले १०९ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाउनुभयो । यसैगरी उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित हुनुभएको छ । सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिनुभयो । यसैगरी नगर कार्यसमितिका अधिकांश सदस्य पनि लामा समूहबाटै निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर