जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित नेता पुनको जण्डिसको मात्रा घट्यो तर वान्ता रोकिएन — OSNepal

जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित नेता पुनको जण्डिसको मात्रा घट्यो तर वान्ता रोकिएन

LC (KTM) October 03, 2021 0

काठमाडौँ १७ असोज । जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)को जण्डिसको मात्रा घटेको छ । सामान्यता स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुबाट बढेर ३४ पुगेपछि बैंककस्थित उपचार गर्न पुगेका नेता पुनको जण्डिसको मात्रा भने घटेको हो ।

अहिले नेता पुनको जण्डिसको मात्रा घटेर २७ मा झरेको छ । बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको जण्डिसको मात्रा घटेपनि पुनकी पत्नी ओनसरी घर्तीले दिएको जानकारी अनुसार वान्ता भने रोकिएको छैन ।

पुनलाई नयाँ औधषी खुवाएसँगै उनको स्वास्थ्यमा सुधार आएको हो । साथै उनलाई खान मन नलागेकाले उनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको बताइएको छ । पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल पुर्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर