यस्तो अबस्थामा फेला परे बले र प्रियना आचार्य मुन्नि,भिडियो भाइरल — OSNepal

यस्तो अबस्थामा फेला परे बले र प्रियना आचार्य मुन्नि,भिडियो भाइरल

LC (KTM) October 03, 2021 0

गायक सचिन रौनियारको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ट्याङ्का भरी सुन’ बोलको गीतमा रौनियारसँगै गायिका रचना रिमालको आवाज रहेको छ । गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीले भरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा हाँस्यटेलिसिरियल ‘सक्किगोनी’का चर्चित जोडी सागर लम्साल ‘बले’ र प्रियना आचार्यको अभिनय रहेको छ । भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरालाई देखाइएको छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले करियोग्राफी गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् ।

गीतलाई लिएर गायक सचिन निकै उत्साहित छन् । गीत र भिडियो दुबैमा निकै मिहिनेत गरेकाले दर्शकरश्रोताको राम्रो साथ मिल्नेमा उनी विश्वस्त छन् ।भिडियोलाई ‘एम ८ म्युजिक फ्याक्ट्री’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर