कतारमा पहिलो पटक विद्यायक छान्नका लागि निर्वाचन, ६४ प्रतिशतले मतदान गरे — OSNepal

कतारमा पहिलो पटक विद्यायक छान्नका लागि निर्वाचन, ६४ प्रतिशतले मतदान गरे

LC (KTM) October 03, 2021 0

दोहा, १७ असोज । कतारमा पहिलो पटक विद्यायक छान्नका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा करिब ६४ प्रतिशतले मतदान गरेका छन् । ४५ सदस्यीय सुरा काउन्सिलको ३० सदस्यका लागि निर्वाचन भएको हो ।

काउन्सिलका बाँकी १५ जना सदस्य कतारका अमिरले नियुक्त गर्नेछन् । कूल दुई सय ३३ उम्मेदवारमध्ये २६ महिलाले चुनावमा प्रतिष्पर्धा गरेका थिए । सुरा काउन्सिलले देशको केही कानुन र बजेट अनुमोदन गर्छ ।

आर्थिक लगानी, प्रतिरक्षा र सुरक्षासम्बन्धी नीतिमा भने कान्सीलले कुनै सुझाब दिन सक्दैन । निर्वाचनमा महिला र पुरुषका लागि अलग अलग बुथको व्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर