थाइल्याण्डको बैंककमा उपचाररत पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार — OSNepal

थाइल्याण्डको बैंककमा उपचाररत पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार

LC (KTM) October 03, 2021 0

काठमाडौं, १७ असोज । मााओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार आएको उनको निजी सचिवालयले जनाएको छ ।

पुनको शरीररमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै सचिवालयले जानकारी दिएको छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १ दशमलव ५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रूपमा बढेर ३४ पुगेपछि चिकित्सकहरूले बैंकक रेफर गरेका थिए ।

तर, अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनले जानकारी दिएका छन् । पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको छ ।

‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ । तर, बान्ता भने रोकिएको छैन ।’

खाना खान अरुची हुने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ । जण्डिसको मात्रा अत्याधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुुमेरु अस्पताल लगिएको थियो ।

तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो । चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो । पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर