सुरुमा आँफै बच्चा जन्माउन असफल रहेको यो जोडीले छोरीको इच्छा भएपछि सात सन्तानलाई यसरी दिए जन्म — OSNepal

सुरुमा आँफै बच्चा जन्माउन असफल रहेको यो जोडीले छोरीको इच्छा भएपछि सात सन्तानलाई यसरी दिए जन्म

LC (KTM) May 22, 2021 0

एजेन्सी। एउटी छोरीको इच्छाले ७ सन्तानलाई जन्म दिएको छ अमेरिकाको एक जोडीले । अमेरिकाको इंडियाना राज्यकी सारह इमबियरोविक्ज तेस्रो पटक गर्भवती हुँदा पनि उनको गर्भमा ३ वटा बच्चा देखिए । तर पनि उनीहरुको छोरी जन्माउने इच्छा भएका कारण त्यो इच्छा अधुरै रह्यो ।

सुरुमा आँफै बच्चा जन्माउन असफल रहेको यो जोडीले डाक्टरको सल्लाहअनुसार कृत्रिम गर्भधान ९भिट्रो फर्टिलाइजेशन० विधि अपनाएर बच्चा जन्माउने निर्णय गरेपछि पहिलो पटक एउटा छोरालाई जन्म दिए । यो विधिअनुसार बच्चा जन्माउँदा सुरुमा बच्चाको भ्रुण टेष्टट्युबमा विकसित हुन्छ ।

महिलाको गर्भमै भ्रुण बन्न नसक्ने अवस्था भएका बाहिर भ्रुण बनाएर करिब एक हप्तापछि त्यसलाई महिलाको पाठेघरभित्र राखिन्छ । यही बिधिलाई अपनाएर उनले पुन ३ वटा छोरालाई पुन जन्म दिएपछि उनीहरुलाई फेरी छोरी जन्माउने इच्छा भयो र सारह पुन गर्भवती भइन् । यसपटक सारहको गर्भमा ३ वटै बच्चा छोरी थिए । अहिले यो जोडीका ७ बच्चा छन् र उनीहरु निकै खुसी भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर