• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

विद्युतले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि चितवनभर नेट अवरुद्ध, सेवा प्रभावित

विद्युतले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि चितवनभर नेट अवरुद्ध, सेवा प्रभावित


  • ओएसनेपाल
  • असोज १७ २०७८, आइतबार
  • ५:४५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.7K
    SHARES

    चितवन, १७ असोज । नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि सेवा प्रदायकले आइतबार नेट सट साउन गरेका छन् । पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि इन्टरनेट सट डाउन गरेपछि चितवनभर इन्टरनेट अवरुद्ध भएको छ । सरकारी कार्यालयदेखि बैंक तथा वित्तिय संस्थाका सबै सेवा ठप्प भएका छन् ।

    सेवा प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारीे आस्मान तामाङले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाई छलफलका लागि बोलाएका छन् । कुनै पनि बहानामा इन्टरनेट सेवा अवरुद्ध गर्न नहुने भन्दै उनले छलफलबाट सहमति गरी इन्टरनेट सेवा सुचारु गरिने बताए ।

    प्राधिकरणको भरतपुर वितरण केन्द्रले शनिबार पोल भाडा नतिर्ने ठूला इन्टरनेट सेवा प्रदायकको तार काटेको थियो । त्यस लगत्तै सेवा प्रदायकका कर्मचारीहरूले विरोध र्‍याली निकालेका थिए । पोल भाडा तिर्ने विषयमा सेवा प्रदायक र प्राधिकरणबीच विवाद रहँदै आएको छ । उनीहरूको विवादमा आम सेवाग्राहीहरू पिल्सिएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend