विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र स्वच्छ अभियान तेस्रो हप्तामा प्रवेश — OSNepal

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र स्वच्छ अभियान तेस्रो हप्तामा प्रवेश

LC (KTM) October 03, 2021 0

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र स्वच्छ अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा असोज २ गते सुरु भएको अभियानका क्रममा शनिबार पशुपति क्षेत्रका मठमन्दिरमा सफाइ गरिएको छ । सफाइमा कलाकार शिव श्रेष्ठ, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायतको उपस्थिति थियो ।

पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आकर्षण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पशुपति स्वच्छता अभियान सुरु गरिएको हो । पशुपति क्षेत्रमा प्रत्येक हप्ता शनिबार अयिभानकर्मी, कोषका पदाधिकारी एवं कर्मचारीको सक्रियतामा यो अभियानलाई निरन्तरता दिइने छ । अभियानका क्रममा स्वयंसेवी रूपमा पशुपति क्षेत्रमा काम गर्न चाहने सङ्घसंस्थालाई स्वैच्छिकरूपमा आमन्त्रण गरिएको कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर