यि भाग्यमानी युवक जसले नामकै कारण पाए पुलिसमा जागिर,उनको नाम सुनेरै प्रहरी पर्यो चकित — OSNepal

यि भाग्यमानी युवक जसले नामकै कारण पाए पुलिसमा जागिर,उनको नाम सुनेरै प्रहरी पर्यो चकित

LC (KTM) May 22, 2021 0

एजेन्सी । इण्डोनेसियाका एक भाग्यमानी युवकले आफ्नो अनौठो नामका कारण पुलिसमा जागिर पाएका छन् । पोलिसी नाम भएकै कारण उनले प्रहरीमा काम गर्ने मौका पाएका हुन् । अनौठो कुरा त इण्डोनेसियामा पुलिसलाई पनि पोलिसी नै भनिन्छ । निकै नै गरिब परिवारमा जन्मिएका पोलिसीलाई जागीरको निकै खाँचो परेको र उनको इमान्दारीता देखेर प्रहरीले जागिर दिएको बताइएको छ ।

लाइसेन्स विना गाडी चलाइरहेको अवस्थामा पक्राउ परेका उनको नाम सोध्ने क्रममा पोलीसी भएका कारण उनलाई तत्कालै प्रहरी चौकीमा लगियो । सबैकुरा बुझ्दा उनको इमान्दारिताका कारण उनलाई मानिसहरुको ड्राइभिङ लाइसेन्स परीक्षाका क्रममा पुलिसलाई सहयोग गर्ने जागिर दिइएको छ । अचेल उनी मक्ख हुँदा आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर