हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा रहेको मकुना हात्तीको करेन्ट लागरे मृत्यु — OSNepal

हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा रहेको मकुना हात्तीको करेन्ट लागरे मृत्यु

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज । करेन्ट लागेर एक हात्तीको ज्यान गएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्तीको करेन्ट लागेर ज्यान गएको आरक्ष कार्यालयले जनाएको हो ।

आरक्षका संरक्षण अधिकृत अशोक रामले दिएको जानकारी अनुसार हात्ती चर्दै धान खेतमा पुगेको र त्यही करेन्ट लागेका मकुनाको ज्यान गएको हो । हात्ती आज बिहान मृत अवस्थामा धान देतमा फेला परेको हो ।

चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए । रामका अनुसार हात्ती आज विहान मृत भेटिएको थियो । रैंथाने रुपमा बस्दै आएको मकुना हात्ती हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा रहेको थियो ।

सुनसरी र सप्तरी तर्फका दर्जन बढीको ज्यान लिएको मकुना हात्तीको स्थानतरणको कुरो चलिरहेको जानकारी दिएका उनले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर