यि युवकसँग डेट गर्न चाहन्छिन् अभिनेता शाहरुख खानकी छोरी सुहाना,के पुरा होला ? — OSNepal

यि युवकसँग डेट गर्न चाहन्छिन् अभिनेता शाहरुख खानकी छोरी सुहाना,के पुरा होला ?

LC (KTM) May 22, 2021 0

काठमाडौं । पछिल्लो समय शाहरुख खानकी छोरी सुहाना निकै चर्चामा आइरहेकी छिन् । अहिले सुहाना खानका हरेक गतिविधि सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आउने गरेका छन् । शाहरुखले सुहानाले अध्ययन पूरा गरेर मात्रै बलिउडमा डेब्यू गर्ने बताएका छन् । बलिउड फिल्मदेखि टाढा नै रहेकी उनको फ्यान फलोइङ भने कुनै अभिनेत्रीको भन्दा कम छैन । यसै होला उनका हरेक गतिविधि सार्वजनिक हुने गरेका ।

यसैक्रमा सुहाना थिएटरमा निकै सक्रिय छिन् । उनै सुहानाले हालै आफूले डेटिङ गर्न चाहेका व्यक्तिको बारेमा बताएकी छिन् । इन्स्टाग्राम अकाउन्टमा उनलाई यदि कसैलाई डेट गर्न चाहेमा को सँग डेटमा जानुहुन्छ भन्ने प्रश्नमा सुहानाले ती व्यक्तिबारे बताएकी हु्न् ।

सुहानाले इन्स्टाग्रामा च्याटमा साउथ कोरियन पप गायक, मोडल तथा अभिनेता किम जुन म्योन अर्थात सूहोलाई डेट गर्न चाहेको बताएकी छिन् । भारतिय मिडियाका अनुसार उनले किमको एउटा तस्बिर पोष्ट गर्दै उनीसँग डेटमा जान चाहेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर