यस्तो अबस्थामा पक्राउ परे चर्चित अभिनेता शाहरुख खानका छोरा आर्यन — OSNepal

यस्तो अबस्थामा पक्राउ परे चर्चित अभिनेता शाहरुख खानका छोरा आर्यन

LC (KTM) October 03, 2021 0

एजेन्सी- बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागुऔषध कारोबारमा मुछिएका छन् ।शनिबार राति मुम्बईको तटीय क्षेत्रमा भएको क्रुज पार्टीबाट उनलाई नार्कोटिक कन्ट्रोल बयूरोले सोधपुछ गरेको बताइएको छ ।

अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार उनीसँग एनसिबीले बयान लिएको हो । उनीसँग त्यस विषयमा सम्बन्धित निकायले सोधखोज गरेको भएतापनि उनलाई हालसम्म पक्राउ नगरिएको बताइएको छ ।

आर्यनलाई सोधपुछका लागि लैजाँदै गरेको भिडियो भने सार्वजनिक भएको थियो ।सिबीका अधिकारीले आर्यनको फोन नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ । आर्यन खान शाहरुख खान र गौरी खानको पहिलो सन्तान हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर