लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा — OSNepal

लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा

LC (KTM) October 03, 2021 0

काठमाडौं, १७ असोज । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ५४औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले १६ कार्तिक बिहान ११ बजेदेखि भिडियो कन्फेरेन्समार्फत सभा सञ्चालन गर्न लागेको हो ।

कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि पाँच प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्न सभा आह्वान गरेको हो । सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि पाँच प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा र नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने लगायत प्रस्तावहरू पारित गर्ने छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ २ कार्तिकदेखि १६ कार्तिकसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, १ कार्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर