OSNepal बिहिबार, कार्तिक ११ २०७८

साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी सीमाक्षेत्रमा मारिए

साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी सीमाक्षेत्रमा मारिए

  • OSNepal
  • आइतबार, असोज १७ २०७८


साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी सीमाक्षेत्रमा मारिए
Reading Time: < 1 minute

साना १७ असोज- साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् ।

सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए । त्यसक्रममा अरु २१ जना घाइते भएका बताइएको छ । घाइतेहरुलाई यमनी अस्पतालमा पु¥याइएको छ । उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्तहरु हुने गरेका पनि बताइएको छ । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड