एमालेमा पराजित नेता अब यि काम गर्न पाउने छैनन् — OSNepal

एमालेमा पराजित नेता अब यि काम गर्न पाउने छैनन्

LC (KTM) October 03, 2021 0

काठमाडौं, १७ असोज । एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने भएका छन् । एमालेको विधान महाधिवेशनको हलले पराजित नेतालाई सोही पदमा मनोनीत हुन नपाउने गरी विधानमा राख्न माग गरेको थियो । तर, नेतृत्वले त्यसलाई अस्वीकार गरेको छ ।

अब एमालेमा निर्वाचनमा उठेर पराजित भएका व्यक्ति आफू उठेकै पदमा मनोनीत हुन पाउने भएका छन् । जस्तै, केन्द्रीय सदस्यमा हारेको नेता पछि त्यही पदमा मनोनीत हुन पाउने भएका छन् ।

एमालेमा कोषाध्यक्ष राख्न विधान महाधिवेशन हलले माग गरेको थियो । तर, आर्थिक विभाग प्रमुख नै कोषाध्यक्ष हुने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर