सुनसरी र सप्तरीमा आतङ्क मच्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला — OSNepal

सुनसरी र सप्तरीमा आतङ्क मच्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला

LC (KTM) October 03, 2021 0

धरान, १७ असोज – र सप्तरी क्षेत्रमा विगतदेखि आतङ्क मच्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला परेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी उत्तरमा स्थानीयवासीको धानबारीमा आज बिहान मृतावस्थामा भेटिएको आरक्षणका वार्डेन अशोक रामले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार राति १२ बजे आरक्षणबाट बाहिर निस्किएको मकुना बिहान धानबारीमा मृतावस्थामा रहेको खबर आएकाले हेर्न जाँदा धानबारीमा राखिएको करेन्ट लागेर मृत्यु भएको पाइएको थियो । विगत ४÷५ वर्षदेखि मकुनाले दर्जनौँ व्यक्तिको ज्यान लिइसकेको थियो । यसको उपद्रो सहन नसकेर स्थानीयवासीले मार्ने उपाय खोजिरहेको थिए ।

नेपालमा कूल २२५ वटा जङ्गली हात्ती छन् रहेकामा कोशी टप्पुमा मात्रै १६ वटा हात्ती रहेका र भारतबाट झापाको बाहुनडागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन् । ती हात्तीले आरक्षण नजिकका स्थानीयवासीलाई दुःख दिँदै आएका थिए(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर