काठमाडौं १७ असोज ।काठमाडौं महानगरपालिका–१४ कलंकी ढुङ्गेअड्डा पुलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पूर्व कावासोती नगरपालिका–८ बस्ने पाल्पा चिडापानी–३ घर भएका ४८ वर्षीय बिनोद गिरी रहेका छन् ।
निजलाई प्रहरीले ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला सहित पक्राउ गरेको हो । गिरीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सामान सहित पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।