ड्रग्स केसमा फसे शाहरुख खानका छोरा आर्यन खान, पठानको शुटिंग छोडेर आउँदै शाहरुख खान — OSNepal

ड्रग्स केसमा फसे शाहरुख खानका छोरा आर्यन खान, पठानको शुटिंग छोडेर आउँदै शाहरुख खान

LC (KTM) October 03, 2021 0

शनिबार मुम्बई देखी गोवा जाने क्रुज शिपमा एनसीबीका अधिकारीहरुले छापा मारेका छन् । एनसीबीलाई क्रुजमा ड्रग्स पार्टी हुने कुरा थाहा थियो । त्यसपछि एकदमै होसियारी अपनाउँदै एनसीबीका अधिकारीहरु भेष बदलेर सादा कपडामा पार्टीमा सहभागि भएका थिए । त्यस पछि पार्टी भित्र प्रबेश गरिसके पछि सबै भण्डाफोर भएको थियो । यस पार्टीमा बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान पनि सहभागि भएका थिए । यसैक्रममा एनसीबीले उनलाई पनि हिरासतमा लिएको छ । एनसीबीको टोलीले शाहरुख खानका छोरा आर्यन संग सोधपुछ गरिरहेको छ ।

मुम्बई देखी गोवा जाने यो क्रुजको आयोजना एफटीभि इण्डिया नामको कम्पनिले गरेको थियो । एफटीभि इण्डियाले नाम्स क्रे नामको कम्पनि बाट सर्भिस लिएको थियो । यो एक इभेन्ट अर्गनाईज गर्ने कम्पनि रहेको छ । नाम्स क्रे कम्पनिको को फाउण्डर डिरेक्टर अर्जुन जैन रहेका छन् । मुम्बइको क्रुज शिपमा भएको ड्रग्स पार्टीमा सहभागी हुनेहरुको नाम सार्वजनिक भएको छ । शाहरुख खानका छोरा सहित अरु ७ जना यसमा सहभागि थिए । उनीहरुको नाम मुनमुन धामेचा, नुपुर सारिका, इश्मीत सिंह, मोहक जयसवाल, बिक्रान्त छोकर, गोमित चोपडा तथा अरबाज मर्चेन्ट रहेका छन् ।

शाहरुख खानले के गर्लान त पठानको शुटिंग क्यान्सल ?

छोरा आर्यन खान ड्रग्स केसमा फसेपछि शाहरुख खान लाई लिएर एकदमै ठुलो खबर बाहिरीएको छ । छोरा ड्रग्स केसमा फसे पछि उनि निक्कै अतालिएका छन् । शाहरुख खान आफ्नो फिल्म पठानको शुटिंग रद्ध गरेर आउन सक्ने बताइएको छ । शाहरुख लाई फिल्म पठानको शुटिंगको लागि स्पेन जानु पर्ने थियो । तर अब यो केस पछि उनी स्पेन जान पाउने छैनन् । भारतीय संचारमाध्यमहरुका अनुसार शुटिंग केही समय पछि सार्ने तयारी भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर