सुर्खेतमा माइत हिँडेकी रामकली घरदेखि एक किलोमिटर टाढा यस्तो अबस्थामा फेला — OSNepal

सुर्खेतमा माइत हिँडेकी रामकली घरदेखि एक किलोमिटर टाढा यस्तो अबस्थामा फेला

LC (KTM) October 03, 2021 0

सुर्खे- सल्यानमा माइत जान हिँडेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सल्यान बागचौर नगरपालिका(२ गैरी निवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिबार साँझ मृत अवस्थामा फेला परेकी हुन् ।

शनिबार करिब साढे ४ बजे माइती जान्छु भनेर घरबाट निस्किएको र घरदेखि करिब एक किलोमिटरको दूरीमा ठाटीचौरको कच्चीबाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए ।

घटना शंकास्पद हुन सक्ने भन्दै अनुसान्धानका लागी कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन लागेको डिएसपी थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर