ईपीएल टी ट्वान्टी क्रिकेटमा बिराटनगरको सान्त्वना जित , काठमाण्डौ किंग्स ७ रनले पराजित — OSNepal

ईपीएल टी ट्वान्टी क्रिकेटमा बिराटनगरको सान्त्वना जित , काठमाण्डौ किंग्स ७ रनले पराजित

LC (KTM) October 03, 2021 0

विराटनगर वारियर्सले ईपीएल टी ट्वान्टी क्रिकेटमा सान्त्वना जित निकालेको छ । आज भएको खेलमा काठमाडौं किङ्स ११ लाई ७ रनको झिनो अन्तरले पराजित गर्दै विराटनगरले पहिलो सान्त्वना जित निकालेको हो । यो जित संगै प्रतियोगिताको सुखद अन्त्य समेत गरेको छ विराटनगरले । बिराटनगरले जम्मा ५ खेलमा २ अंक मात्र जोड्न सक्यो । विराटनगरले जम्मा १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याएको काठमाडौंले भने निर्धारीत ८ ओभरको खेलमा ३ विकेट गुमाएर ९७ रन मात्र बनाउन सकेको थियो ।

आठ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन जोडेको थियो। भिजेको आउट फिल्डको कारण ढिला खेल सुरु हुँदा ओभर घटाईएको थियो । अघिल्लो चार खेल गुमाएको विराटनगर पुछारमा रहदै प्रतियोगिता अन्त्य गरेको छ । काठमाडौं ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर