• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

ड्रग्स केश : आफुलाई गेस्टको रुपमा बोलाईएको शाहरुख खानका छोरा आर्यनको स्विकारोक्ति , मोबाईलमा भएको च्याटको अनुषन्धान हुदै

ड्रग्स केश : आफुलाई गेस्टको रुपमा बोलाईएको शाहरुख खानका छोरा आर्यनको स्विकारोक्ति , मोबाईलमा भएको च्याटको अनुषन्धान हुदै


  • ओएसनेपाल
  • असोज १७ २०७८, आइतबार
  • ११:४८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 1.7K
    SHARES

    मुम्बई बाट गोवा जाने क्रुज शिपमा ड्रग पार्टीलाई एनसीबीद्धारा भण्डाफोर गरेको छ । शनिबार मुम्बई देखी गोवा जाने क्रुज शिपमा एनसीबीका अधिकारीहरुले छापा मारेका हुन् । यस पार्टीमा बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान पनि सहभागि भएका थिए । आर्यन शाहरुख खानका छोरा भएकोले गर्दा उनको करियरमा धब्बा लाग्न सक्ने अनुमान गरिएको छ । शाहरुख खानका छोरा मात्र हैनन् यसअघि बलिउडका एकदमै चलेका स्टारहरु समेत ड्रग केसमा फसेका छन् ।

    सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण पछि ड्रग्स कनेक्सनमा एनसीबीले बलिउडका चलेका स्टारहरु संगै सोधपुछ गरेको थियो । मुम्बई बाट गोवा गईरहेको आलीशान क्रुजमा ड्रग्स पार्टीमा शाहरुख खानका छोरा आर्यन खानको नाम बाहिर आए संगै बलिउड पुरै तरंगित भएको छ । एनसीबीले त्यहाँ बाट ड्रग्स बरामद गरेको थियो । एनसीबीले आर्यन संग सोधपुछ गरिरहेको छ । आर्यनले एनसीबीका अधिकारीहरु संग आफुलाई गेस्टको रुपमा क्रुजमा बोलाएको तथा आफुलाई कुनै पनि पैसा नलिएको उनले बताएका छन् ।

    आर्यनले दाबी गरेका छन् कि पार्टीको अर्गनाइजरले उनको नाम प्रयोग गरेर धेरै जनालाई पार्टीमा बोलाएको थियो । यस मामलामा एनसीबीले आर्यनको फो जफत गरेको छ । साथै उनको च्याट एकदमै शुक्ष्म ढंगले अध्ययन गरिरहेको छ । त्यस्तै सुशान्तको मृत्यु पछि जोडिएको ड्रग्स केसमा उनकी गर्लफ्रेण्ड तथा अभिनेत्री रिया चक्रवर्ती , सैफ अली खानकी छोरी सारा अली खान, श्रद्धा कपुर, अर्जुन रामपाल , रकुल प्रीत , दीपिका पादुकोण, भारती सिंह तथा उनका श्रीमान् हर्ष लिंबाचिया लगायत एनसीबीको सोधपुछमा परिसकेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend