शाहरुख खानका छोरा ड्रग्स केसमा फसे पछि सुनिल शेट्टीको आयो यस्तो प्रतिक्रिया — OSNepal

शाहरुख खानका छोरा ड्रग्स केसमा फसे पछि सुनिल शेट्टीको आयो यस्तो प्रतिक्रिया

LC (KTM) October 03, 2021 0

बलिउडको मामलामा एनसीबीले आफ्नो पकड बनाई रहेको छ । बेला बेलामा बलिउडका स्टारहरु नै एनसीबीको अनुषन्धानमा तानिने गरेका छन् । शनिबार मुम्बई बाट गोवा गईरहेको एक लग्जरी क्रुजमा ड्रग्स पार्टीमा शाहरुख खानका छोरा आर्यन खानको नाम पनि समाबेश भएको छ । एनसीबीले आर्यन संग सोधपुछ पछि गिरफ्तार गरेको छ । अब यो मामलामा बलिउडका अर्का चलेका नायक सुनिल शेट्टीको प्रतिक्रिया आएको छ । शाहरुख खानको छोरा पक्राउ परेका बिषयमा धेरैको आ आफ्नै प्रतिक्रियाहरु आईरहेको छ । यसैक्रममा नायक सुनिल शेट्टीको प्रतिक्रिया पनि बाहिर आएको छ ।

जब सुनिल शेट्टी संग भारतीय संचारमाध्यम आजतकले प्रतिक्रिया मागेको थियो त्यतिबेला उनले यस बिषयमा आफ्नो राय प्रकट गरेका छन् । उनले भने– म यो भन्न चाहान्छु जहा जहा रेड छापा हुन्छ त्यहा धेरै लाई पक्राउ गरिन्छ । हामी सरक्क मानेर जान्छौ । यस केसमा बच्चाले ड्रग्स कन्ज्युम गरेका होलान् । तर अहिले कारबाही चलिरहेको छ । ति बच्चाको लागि श्वास लिने मौका दिनुपर्छ । सधै बलिउडमाथि केही हुन्छ त्यसमा हरेक चोटी मिडिया लागिपर्छ कि त्यो साँच्चिकै भएको हो । बच्चालाई एक मौका देउ । साँचो अगाडि आउन देउ । बच्चा हो उसको ध्यान राख्ने हाम्रो जिम्मेवारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर