गंगा जमुना का अर्जुन के. सी.धादिङ अष्ट्रेलिया समाज को अध्यक्ष मा निर्वाचित — OSNepal

गंगा जमुना का अर्जुन के. सी.धादिङ अष्ट्रेलिया समाज को अध्यक्ष मा निर्वाचित

LC (KTM) October 03, 2021 0

अस्ट्रेलियामा धादिंग अस्ट्रेलिया समाजको तेस्रो अधिवेशन तथा साधारण सभा आज सम्पन भएको छ l धादिङ समाज अस्ट्रेलियाले बिगत लामो समय देखि समुदायमा हातेमालो गर्दै कार्य गरिरहेको ब्योहोरा सबैमा जानकारी रहेको छ l भर्चुअल जुम माध्यम बाट गरिएको उक्त कार्यक्रममा असि भन्दा बढी बिभिन्न संघ संस्था का प्रतिनिधि साथै पत्रकार हरुको उपस्थिति रहेको थियो l आज सम्पन्न भएको धादिंग समाज अस्ट्रेलियाको अधिबेशन बाट अध्यक्ष पदमा निर्विरोध अर्जुन के. सी.ज्यु निर्वाचित तथा महासचिव पदमा हरि अधिकारी निर्वाचित हुनु भएको थियो l अध्यक्ष के. सी. बिगत लामो समय देखि सामजिक कार्य मा सक्रिय युवा समाजसेवी हुनु हुन्छ l

कोमल हृदय र दयालु स्वभाब साथै समाजमा भईपरि आउने कुनै पनि दु:ख सुख मा तत्काल उपस्थिति हुने के. सी लाई अस्ट्रेलियन नेपाली समुदाय साथै अन्य समुदायमा पनि एक होनहार सक्रिय युवा समाजसेवी को रुपमा चिनाउने गर्दछ l आज को कार्यकम निवर्तवान अध्यक्ष सबिन थपलिया ले कार्यकाल को विवरण प्रस्तुत गर्नु हुदै नया कार्य समिति लाई बधाई दिनु भएको थियो l नव निर्वाचित अध्यक्ष के. सी. ले सम्पूर्ण सहयोगीहरु प्रति धन्यवाद ब्यक्त गर्नु हुदै अगामी कार्य कालमा सबैको सहयोग को अपेक्ष्या रहेको जानकारी दिनु भएको थियो l अध्यक्ष के. सी. को नया कार्य कालमा तल उल्लेखित कार्य समिति चयन भएको कुरा जानकारी प्राप्त भएको छ l

को हुन् अर्जुन के. सी.?
गंगा जमुना गाउपालिका-५ धादिङ मा जन्मिनु भएका अर्जुन के. सी को बाल्यकाल,प्राथमिक र माध्यमिक शिक्षा धादिङ बाट नै भएको थियो l बिद्यालय जीवनमा कहिल्यै तेस्रो नहुने के सी अत्यन्त होनहार, लगनशील र मायालु स्वभाब को हुनु हुन्थियो l बाल्यकाल देखि नै समाजमा आफु ले केहि गर्नु पर्छ भन्ने सोच राख्नु हुने केसी उच्च शिक्षा अध्ययन को शिलशिलामा २०११ मा अस्ट्रेलिया आउनु भएको हो l नया जोस जागर र युवा केसी को अस्ट्रेलिया मा अध्ययन को शिलशिलामा अन्य बिद्यार्थीहरु को जस्तै संघर्षशील नै थियो तथापी आफ्नो लगनशीलता र कार्य गर्ने सैलिमा भने कहिल्यै कमि आएको थिएन l

निरन्तर पारिवारिक साथ र सपोर्ट बाट साथै निरन्तर सामाजिक जिम्मेवारी प्रतिको चिन्ता राख्ने केसी एनआरएनए एन एस डब्लु राज्य को डेपुटी कोर्डीनेटर भएर अस्ट्रेलिया मा रहेको नेपाली समुदाय बिच आफ्नो सामाजिक दायित्व पुरा गर्न सफल हुनु भएको थियो l अस्ट्रेलिया मा साएद नेपाली समुदाय साथै अन्य समुदाय मा अर्जुन के. सी. को नाम नसुन्ने व्यक्ति बिरलै भेटिन्छन l हाल आमा, श्रीमती र दुइ छोराछोरि को साथ अस्ट्रेलिया मा बस्दै आउनु भएका केसी भर्खरै भएको धादिङ अष्ट्रेलिया समाज को साधारण सभामा नया कार्य समितिमा अध्यक्ष पद मा निर्बिरोध निर्वाचित हुदा, धादिङ अष्ट्रेलिया समाज ले एक होनहार युवा समाजसेवी भेटिएको देखिन्छ l

निज केसीको नेतृत्व मा अस्ट्रेलिया मा एस अगाबै धेरै नै सामाजिक कार्य को अनुभब बटुलेको छ भने हालको नेतृत्व चयन ले थप कार्य मा अर्जुन केसी लाई टेवा पुग्ने देखिन्छ l व्यवसायिक हिसाबले लाइसेन्स Conveyancer को भूमिकामा एबिके लएर्समा आबद्ध रहनु भएका केसी को , प्रोपर्टी कारोवारमा कानुनी सर सरसल्लाह लागि महत्वपूर्ण भूमिका रहने गर्दछ lभविष्यमा सम्पूर्ण बिश्वभरि छरिएर बस्नु भएका धादिङ बासी नेपाली दाजु भाई दिदि बहिनि , आमा बुबा सबैमा एक सुमधुर सम्बन्ध कायम राखी सामाजिक जिम्मेवारी बहन गर्ने सोच रहेको जानकारी प्राप्त भएको छ l

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर