को हुन् शाहरुख खानका छोरा आर्यन संग पक्राउ परेका अर्बाज मर्चेन्ट ? छोरी सुहानाले पनि पछ्याउने गर्छिन — OSNepal

को हुन् शाहरुख खानका छोरा आर्यन संग पक्राउ परेका अर्बाज मर्चेन्ट ? छोरी सुहानाले पनि पछ्याउने गर्छिन

LC (KTM) October 03, 2021 0

बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले गिरफ्तार गरेको छ । मुम्बई बाट गोवा जाने क्रुज शिपमा ड्रग पार्टीलाई एनसीबीद्धारा भण्डाफोर गरेको छ । शनिबार मुम्बई देखी गोवा जाने क्रुज शिपमा एनसीबीका अधिकारीहरुले छापा मारेका हुन् । यस पार्टीमा बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान पनि सहभागि भएका थिए । उनी संगै ८ जना पनि पक्राउ परेका छन् । सबै संग सोधपुछ पछि आर्यन खान, अरबाज मर्चेन्ट तथा मुन मुन धमेचा पक्राउ परेका हुन् ।

को हुन् अरबाज मर्चेन्ट ?

यस ड्रग्स केसमा अरबाज खानको नाम सबैभन्दा ठुलो मानिदै आएको छ । भारतीय संचारमाध्यमका अनुसार आर्यन खानलाई यिनै अरबाज मर्चेन्टले क्रुजमा लिएर आएका थिए । साथै यी अरबाज मर्चेन्ट सधै जसो ड्रग्स पार्टीमा जाने गरेका छन् । अरबाज मर्चेन्टको फोन तथा च्याट बाट उनको ड्रग्स कनेक्सन रहेको थाहा भएको थियो । त्यसपछि एनसीबी अनुषन्धानमा जुटेको छ ।

यी अरबाज मर्चेन्ट आर्यन खान तथा सुहाना खानका साथी रहेका छन् । अरबाज एक कलाकार हुन् । इन्ष्टामा उनको ठिकै फ्यान फलोइङ रहेको छ । सुहानाले उनलाई इन्ष्टामा समेत फलो गरेकी छिन् । केही समय अघि अरबाजले अभिनेत्री पुजा बेदीको छोरी अलाया एफलाई डेट गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर