श्रीलंका संग भोलीको खेल फाइनल सरह हो हाम्रा लागि- प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी — OSNepal

श्रीलंका संग भोलीको खेल फाइनल सरह हो हाम्रा लागि- प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी

LC (KTM) October 03, 2021 0

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले भोली श्रीलंकाविरुद्ध खेलदैछ । यसैक्रममा आज भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकालाई पराजित गर्न चुनौती पुर्ण रहेको बताएका छन् । श्रीलंका बिरुद्धको खेल नेपालका लागि फाइनल बराबर हुने बताएका छन् । तर पनि बराबरीको अवस्था सम्म नेपालले श्रीलंकालाई रोक्न सक्ने बताए । उनले भने श्रीलंकाविरुद्धको खेल सजिलो हुनेछैन ।

हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ । उनले श्रीलंकाका खेलाडीहरु ट्याकलमा आक्रामक रहेको बताउँदै उनीहरुको त्यहि आक्रामक खेलको फाइदा उठाउने बताए । यद्यपी श्रीलंका एकदमै बलियो टोली र राम्रो टोली रहेकोले नेपालका लागि उनीहरुले आश्चर्य चकित पार्न सक्ने बताए । नेपालले दोस्रो खेलको रुपमा भोलि श्रीलंकाविरुद्ध खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर