भालुको आक्रमणबाट ६० वर्षका निमाको मृत्यु — OSNepal

भालुको आक्रमणबाट ६० वर्षका निमाको मृत्यु

LC (KTM) October 03, 2021 0

जुम्ला, १७ असोज । जुम्लाको गुठिचौर गाउँपालिका- १ मणिसाँघुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मणिसाँघुको काठेपुल नजिकै गुठिचौर- ३ दामडासेका अन्दाजी ६० वर्षका निमा तामाङको भालुको आक्रमणबाट मृत्यु भएको हो ।

आक्रमणमा परेर घाइते भएका लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुठिचौरका इन्चार्ज कमल श्रेष्ठले जानकारी दिए । जिल्लाको सबै सुरक्षाकर्मी, अन्य निकायका टोली आएर भालुलाई नियन्त्रणमा लिने प्रयास असफल भएपछि गोली हानेर मारिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर