बलिउडको मनोरञ्जन क्षेत्रमा फेरी अर्काे शोक परेको छ । भारतीय टेलिभिजनमा एकदमै चलेको शो तारक मेहताका उल्टा चश्माका नट्टू काका’ का रुपमा चर्चित अभिनेता घनश्याम नायकको निधन भएको हो । उनको ७७ वर्षको उमेरमा निधन भएको हो । उनको क्यान्सरबाट निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनको निधन भएको हो निर्माता असित मोदीले पुष्टि गरेका छन् । असितले उनको निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत नटु काकालाई कहिल्यै भुल्न नसक्ने बताएका छन् ।
उनले लेखेका छन् -हामी माझ प्रिय नट्टु काका रहनु भएन । भगवानले उनलाई आफ्नो चरणमा स्थान दिनुहोला र परम शान्ति दिनुहोला । उनको परिवारलाई यो दुःखद घडीमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् । उनको तीन महिना अघि घाँटीमा केही गाँठा देखिएका थिए । जसलाई अपरेशन गरेर ८ वटा गाँठाहरु निकालिएको थियो । निरन्तर उपचार पछि उनको स्वास्थ्यमा सुधार आएको थियो ।