महानायक बिबादमा तानिएका भुवन केसी र शिब श्रेष्ठको डाँडाको वरपीपलको ट्रेलर सार्वजनिक — OSNepal

महानायक बिबादमा तानिएका भुवन केसी र शिब श्रेष्ठको डाँडाको वरपीपलको ट्रेलर सार्वजनिक

LC (KTM) October 03, 2021 0

महानायकको बिबादमा तानिएका नेपाली फिल्म उद्योगका चलेका पुराना हिरो शिब श्रेष्ठ तथा भुवन केसी दुबै जनाको अभिनय रहेको फिल्म डाँडाको वरपीपलको ट्रेलर सार्वजनिक भएको छ । आज राजधानीमा कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो । शोभित बस्नेतको निर्देशनमा बनेको यस फिल्म दशैँको अवसर पारेर असोज २६ गते देखि प्रदर्शन हुन लागिरहेको छ । यस फिल्ममा लामो समय पछि नायक भुवन केसी र शिव श्रेष्ठ लाई एकै साथ देख्न पाईने छ ।

यसका अलवा रुबिना थापा, गौरी मल्ल, विनोद न्यौपाने, सलोन बस्नेत लगायतका कलाकारको अभिनय पनि यस फिल्ममा हेर्न पाईन्छ । यस फिल्म अन्तरजातीय प्रेम र विवाहका कारण सम्बन्धमा आउने समस्याकै वरीपरि घुमेको छ । नवराज गिरीको निर्माण , रामकाजी घिमिरेको स्क्रीप्ट रहेको यस फिल्मलाई सुशान्त प्रजापतिले छायांकन गरेका हुन् । फिल्म चित्लाङ र काठमाडौंमा खिचिएको छ । शिव मुखिया र एलिश कार्कीको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको सम्पादन मित्रदेव गुरुङले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर