इंग्लिस प्रिमियर लिग : आत्मघाती गोल उपहार पाएपछि टोटेनहम बिजयी — OSNepal

इंग्लिस प्रिमियर लिग : आत्मघाती गोल उपहार पाएपछि टोटेनहम बिजयी

LC (KTM) October 03, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले एस्टन भिल्ला संग निक्कै संघर्ष पुर्ण जित निकाल्न सफल भएको छ । लिगको आज भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गरेको हो । टोटेनहमका लागि पिएरे इमिल होब्जजर्गले सूवाती गोल गरेका थिए । तर, खेलको ६७ औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई एक एकको बराबरी अवस्थामा ल्याएका थिए ।

तर एस्टनका म्याट टार्गेटले आत्मघाती गोल गरेपछि टोटेनहमले दुई एकको संघर्षपुर्ण जित निकालेको हो । जितसँगै टोटेनहमले ७ खेलमा १२ अंक जोड्दै आठौं स्थानमा रहेको छ । एस्टन १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । आजै भएको अर्को खेलमा क्रिस्टल प्यालेस र लेस्टर सिटीले दुई दुई गोलको बराबरी खेलेको छ । ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई दुई एक गोल अन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर