शाहरुखका छोरा आर्यन खानको साथ बाट मिल्यो कोकीन संगै लाखौ रुपैया, यस्तो आयो एनसीबीको गिरफ्तारी रिर्पाेट — OSNepal

शाहरुखका छोरा आर्यन खानको साथ बाट मिल्यो कोकीन संगै लाखौ रुपैया, यस्तो आयो एनसीबीको गिरफ्तारी रिर्पाेट

LC (KTM) October 03, 2021 0

मुम्बई बाट गोवा जाने क्रुज शिपमा एनसीबीको छापा पछि आर्यन खान लगातार चर्चाको शिखरम रहेका छन् । शाहरुख खानका छोरा आर्यन खान लाई एनसीबीले पक्राउ गरेको थियो । घण्टौ सम्म आर्यन संग सोधपुछ गरिसके पछि आर्यनलाई एनसीबीका अधिकारीहरुले नियन्बणमा लिएका हुन् । आर्यन खान माथि एनडीपीसीको कैयौ धारा लगाइएको छ । यसैक्रममा एनसीबीको अरेस्ट रिर्पाेटको पुरा डिटेल्स बाहिर आएको छ ।

आर्यन खान बाट ड्रग्स पैसा बरामद

एनसीबीको अरेस्ट रिर्पाेटमा आर्यन खान माथि लगाइएको धाराको खुलासा भएको हो । एनसीबीका अनुसार उनको साथ बाट ड्रग्स बरामद भएको छ । साथै लाखौ रुपैया बरामद भएको समेत बताइएको छ । आर्यनले भनेका थिए क्रुजमा आउनका लागि कुनै पैसा लिइएको थिएन । आफु पाहुनाको रुपमा उक्त क्रुज पार्टीमा सहभागी भएको बताएका थिए । उक्त पार्टीमा नै आफुले ड्रग्स सेवन गरेको स्विकार गरेका थिए । उनले आफुले ड्रग्स सेवन गरे पनि नबेचेको बताएका थिए ।

तर एनसीबीको अरेस्ट रिर्पाेटले अर्कै देखाएको छ । उनलाई ड्रग्स सेवनका साथ साथै ड्रग्स किनबेचको समेत आरोप लगाइएको छ । उनलाई शनिबार २ बजे गिरफ्तार गरिएको थियो । उनको साथ बाट १ लाख ३३ हजार रुपैया बरामद समेत भएको छ । साथै २१ ग्राम चरेस , ५ ग्राम एमडी, १३ ग्राम कोकीन तथा २१ एमडीएसको गोली आर्यन खानको साथ बाट बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर