स्पेनिस ला लिगा फुटबल : स्पानियोल सँग रियल मड्रिड स्तब्ध — OSNepal

स्पेनिस ला लिगा फुटबल : स्पानियोल सँग रियल मड्रिड स्तब्ध

LC (KTM) October 03, 2021 0

स्पेनिस ला लिगा फुटबलमा निक्कै शक्तिशाली मानिएको रियल मड्रिड पराजित भएको छ । आज राति भएको खेलमा रियल मड्रिड स्पानियोल सँग दुई एक गोल अन्तरले स्तब्ध भयो । स्पानियोलको मैदानमा करिम बेन्जिमाले एक गोल फर्काएपनि रियल पराजित भएको हो । खेलको १७ औं मिनेटमा राउल थोमसले गोल गर्दै स्पानियोललाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै एलेक्स भिदालले अर्काे गोल थप्दै स्पानियोललाई दुई शेुन्यको अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा बेन्जिमाले एक गोल त गरे तर खेलमा फर्काउन सकेनन् । आजको हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्पानियोल ९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर