आँखामा पट्टी बाँधेर ५ सेकेण्डमा प्याज काट्छन् यी युवक , सबै जना अचम्मित — OSNepal

आँखामा पट्टी बाँधेर ५ सेकेण्डमा प्याज काट्छन् यी युवक , सबै जना अचम्मित

LC (KTM) October 03, 2021 0

महाराष्ट्रका एक यस्ता युवक रहेका छन् जो एउटा प्याज ५ सेकेण्डमा सबै काट्छन् । त्यो पनि आँखा बन्द गरेर । महाराष्ट्रको बाशिम जिल्लाको सेलु बजार नामको एक गाउँमा जितेश नामक एक युवक बस्ने गरेका छन । जितेशले कक्षा १२ सम्म पढेका छन् । उनका बुवा आमाको ३५ साल देखी एक सानो चिया नास्ता पसलको दोकान रहेको छ । उनका बुवाले बताए अनुसार जितेश जब सानो थिए उनलाई प्याज काट्ने काम दिइएको थियो । आज जितेश प्याज काट्दा काट्दै १७ बर्षको भए । प्याज काटने उनको आदत नै बनिसकेको छ । अहिले उनको यो कला जिल्लाभर फैलिएको छ ।

जितेश एउटा प्याज ५ देखी ७ सेकेण्डमा पुरै काटिसक्छन् । उनको प्याज काट्ने रफ्तार देखेर सबै अचम्मित हुने गरेका छन् । जितेशका अनुसार उनलाई एक पटक प्याज काट्ने क्रममा चोट लागेको थियो । तर अहिले उनी प्याज काट्नका लागि एकदमै माहिर भइसकेका छन् । चक्कु उनको साथी जत्तिकै भएको छ । नास्ता पसलमा आउने ग्राहकहरु पनि उनको प्याज काट्ने रफ्तारको खुलेर प्रशंसा गर्ने गर्छन् । एक दिन भरीमा नाश्ताका लागि ७ देखी ८ केजी सम्म प्याज प्रयोग हुन्छ । उक्त प्याज उनी मात्रै १ घण्टामा सक्ने गरेको छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर