आज पुलिस खोरमै रात बिताउँदै शाहरुख खानका छोरा आर्यन — OSNepal

आज पुलिस खोरमै रात बिताउँदै शाहरुख खानका छोरा आर्यन

LC (KTM) October 03, 2021 0

मुम्बई बाट गोवा जाने क्रुज शिपमा एनसीबीको छापा पछि आर्यन खान लगातार चर्चाको शिखरम रहेका छन् । शाहरुख खानका छोरा आर्यन खान लाई एनसीबीले पक्राउ गरेको थियो । घण्टौ सम्म आर्यन संग सोधपुछ गरिसके पछि आर्यनलाई एनसीबीका अधिकारीहरुले नियन्बणमा लिएका हुन् । आर्यन खान माथि एनडीपीसीको कैयौ धारा लगाइएको छ ।

यसैक्रममा एनसीबीको अरेस्ट रिर्पाेटको पुरा डिटेल्स बाहिर आएको छ । एनसीबीको अरेस्ट रिर्पाेटमा आर्यन खान माथि लगाइएको धाराको खुलासा भएको हो । एनसीबीका अनुसार उनको साथ बाट ड्रग्स बरामद भएको छ । साथै लाखौ रुपैया बरामद भएको समेत बताइएको छ ।
यसैक्रममा आर्यन सहितका अन्य २ जना आरोपीहरुलाई कम्तिमा एक दिनका लागि कस्टडीमा राखिने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

एनसीबीका अधिकृतहरुले शाहरुख खानका छोरा आर्यन खान, उनका साथी अरबाज मचेन्ट तथा मुनमुन धमेचालाई पनि रातभरि राखिने भएको छ । आर्यन खानका वकील सतीश मानेशिन्देले अदालतमा आफ्नो भनाइ राख्दै आर्यन खान आफ्नो तर्फबाट क्रूज पार्टीमा नभएको दाबी गरेका छन् । तर एनसीबीका अधिकारीहरु संग उनले केही कुरा स्विकार गरिसकेको अवस्था रहेको छ ।

आर्यनका वकीलका अनुसार आर्यनसंग पार्टीको टिकट नरहेको , उनको ब्यागमा केही पनि नभेटिएको तथा फोनमा पनि कुनै च्याट नभेटिएको बताइएको छ । तर आर्यनलाई नियमित रुपले अदालतमा गएर जमानतका लागि निवेदन दर्ता गर्न सकुन् र एनसीबीले आर्यनको जमानतको निवेदनका विरुद्ध कुनै कदम नचालोस् भन्नका लागि उनी १ दिन कस्टडीमै बस्नु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर