OSNepal बुधबार, मंसिर २२ २०७८

किरणले ल्याए ओठ तथा तालु फाटेका बालबालिकाको बोलीमा प्रस्टता ल्याउन ‘स्पीच थेरापी’

किरणले ल्याए ओठ तथा तालु फाटेका बालबालिकाको बोलीमा प्रस्टता ल्याउन ‘स्पीच थेरापी’

  • OSNepal
  • सोमबार, असोज १८ २०७८


किरणले ल्याए ओठ तथा तालु फाटेका बालबालिकाको बोलीमा प्रस्टता ल्याउन ‘स्पीच थेरापी’
Reading Time: < 1 minute

काठमाडौँ – गीतकार तथा सङ्गीतकार डा किरण नकर्मीद्वारा रचित ‘स्पीच थेरापी’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पब्लिक हेल्थ कन्सर्न ट्रस्ट (फेक्ट नेपाल) कीर्तिपुर अस्पतालले यहाँ आज आयोजित एक कार्यक्रमका बीच गायिका आनीछोइङ डोल्मा र वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठले सार्वजनिक गर्नुभएको थियो ।

गीतमा गीतकार नकर्मीको शब्द÷सङ्गीत रहेको छ भने कलाकार मोहन डङ्गोल, नसला मानन्धर, प्रभा ढकाल र कविता भट्टराई गुरुङले स्वर दिनुभएको छ । ओठ तथा तालु फाटेका बालबालिकाको बोलीमा प्रस्टता ल्याउने उद्देश्यले सार्वजनिक गरिएको सो गीतमा हरिशरण सायमीले एरेञ्ज गर्नुभएको छ । सो गीतलाई फेक्ट नेपालको अफिसियल युटुब च्यानलबाट पनि सार्वजनिक गरिएको छ ।

उक्त कार्यक्रममा फेक्ट नेपालका अध्यक्ष डा भरत प्रधानले बालबालिकाको ओठ तथा तालु फाट्ने समस्या भएका व्यक्तिलाई अपहेलनाको दृष्टिले नहेर्न अनुरोध गर्दै थेरापीसम्बन्धी गीतले अस्पतालमा आउने बिरामीको मनोबल उच्च बनाउन सहयोग गर्ने बताउनुभयो । निर्देशक गौरी प्रधानले सो गीतको सहयोगले ओठ तथा तालु फाटेका बालबालिकाको बोलीमा प्रस्टता आउने विश्वास व्यक्त गर्नुभयो । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड