बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिए समन्था र नागा — OSNepal

बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिए समन्था र नागा

LC (KTM) October 04, 2021 0

काठमाडौं साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिएका छन् ।शनिबार समन्थाले आफूहरूले अलग भएको बताएकी छन् । समन्थाले सामाजिक सञ्जालमार्फत अब आफूहरूले केही दिनमै सम्बन्धविच्छेद गर्ने बताएकी छन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरू छुट्टिने निर्णय गरेको बताएकी हुन् ।

उनले विज्ञप्तीमा लेखेकी छन्, ‘धेरै लामो समयको सोचविचार पछि म र नागाले अलग बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रूपमा अलग हुने फैसला गरेका छौं । हामी भाग्यशाली छौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा हामीबीच विशेष बन्धन रहनेछ । ‘नागाले सन् २०१७ को अक्टुबर ६ मा सामन्थासँग विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर