आईपीएल : कोलकाताले हैदरावादलाई ६ विकेटले हरायो, प्लेअफ सम्भावना कायमै — OSNepal

आईपीएल : कोलकाताले हैदरावादलाई ६ विकेटले हरायो, प्लेअफ सम्भावना कायमै

LC (KTM) October 04, 2021 0

काठमाडौं, १८ असोज – १४औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । दुबई इन्टरनेशनल स्टेडियममा ११६ रनको लक्ष्य पाएको कोलकाताले २ बल बाँकी छँदै ४ विकेटको क्षतिमा ११९ रन बनाउँदै सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेकाे हाे । जितसँगै कोलकाताले प्ले अफ पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

कोलकाताका लागि शुभमन गिलले १० चौकासहित सर्वाधिक ५७ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए । नितिश रानाले २५ रन र दिनेश कार्तिकले १८ रन जोडे ।
बलिङतर्फ हैदरावादका जसन होल्डरले २ विकेट, सिद्धार्थ कौल र रसिद खानले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको हैदरावाद निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रनमा समेटियो । हैदरावादका लागि केन विलम्सनले सर्वाधिक २६ रन बनाए । अब्दुल समदले २५, प्रियाम गर्गले २१ रन जोडे ।

बलिङतर्फ कोलकाताका बरुण चक्रवर्ती, टिम साउथी र शिभम माभीले २/२ विकेट लिए ।१३ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेको कोलकाता अंक तालिकामा चौथो स्थानमा छ । अब कोलकाताले एउटा खेल खेल्न बाँकी छ ।

हैदरावाद भने प्लेअफको दौडबाट बाहिरिएको छ ।चेन्नई, दिल्ली र बेंगलोर भने प्लेअफमा प्रवेश गरिसकेका छन् । अब कोलकाता, पञ्जाब र राजस्थानमध्ये एकमात्र टिम प्ले अफमा जानेछ । तस्बिर : आईपीएल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर