लिभरपुल र सिटी बराबरीमा राेकिए — OSNepal

लिभरपुल र सिटी बराबरीमा राेकिए

LC (KTM) October 04, 2021 0

काठमाडौं,१८ असोज – इङलिस प्रिमियर लिग (इपिएल) मा लिभरपुल र म्यानचेस्टर सिटीले बराबर खेलेका छन् । लिभरपुलले साविक विजेता म्यानचेस्टर सिटीसँग २-२ को गोलको बराबरी खेलेको हो ।

५९औँ मिनेटमा साडियो मानेले गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि फिल फोडिनले सिटीलाई खेलमा फर्काएका थिए ।

७६औँ मिनेटमा मोहम्मद सलाहाले पुन लिभरपुलाई अग्रता दिलाएका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा केभिन डि ब्रुयनाको गोलमा म्यानचेस्टर सिटीले लिभरपुलसँग हारको संकट टारेको थियो ।

खेलमा दुई पटक अग्रता बनाउदा समेत घरेलु टोली लिभरपुल बराबर गर्न बाध्य भयो ।

बराबरीसंगै लिभरपुल सात खेलमा १५ अंक सहित दोस्रो स्थानमा छ । १४ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा समान १४ अंकका साथ म्यानचेस्टर युनाइटेड, एभर्टन र ब्राइटन क्रमशः चौथौ, पाँचौ र छैटौं स्थानमा छ ।

राति नै भएको खेलमा टोटनहमले एस्टन भिल्लालाई २-१ गोल अन्तर, ब्रेन्टफोर्डले बेस्टहम युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेका छनं । यस्तै क्रिस्टल प्यालेस र लेस्टर सिटीले २-२ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर