सिएल शर्माको मन छुने गीत ‘कसले भन्यो र’मा कमल सिंह र सपना थापाको रोमान्स, हेर्नुहोस् भिडियो



काठमाडौँ, चैत १३ । गायक तथा सङ्गीतकार सिएल शर्माको मन छुने गीत कसले भन्यो रको म्यूजिक भिडियो बजारमा आएको छ । सुरेन चन्द ठकुरी र मेलिना राइको स्वर रहेको सार्वजनिक गीतको भिडियो रिलिज गरिए लगत्तै राम्रो चर्चा पाइरहेको छ । रमेश बमका शब्द शृजनामा सिएल शर्माको संगीत रहेको गीतको भिडियोमा कमल सिंह र सपना थापाको जीवन्त अभिनय रहेको छ ।

गोपाल रसाइको एरेन्ज रहेको गीतमा दिनेश लिम्बुको कोरीयोग्राफी, मुकेश हुमागाईको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ । ओएस आर डिजिटल मार्फत बजारमा आएको सार्वजनिक गीतले वैँशालु उमेरमा प्रेम रोमान्सको चक्करमा लाग्ने जो कोहीको कथालाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ । हेर्नुहोस् भिडियो

Comment