आज चर्चिच अभिनेत्री झरना थापाको जन्मदिन



काठमाडौ, चैत १३ – आज चर्चित अभिनेत्री झरना थापाको जन्मदिन परेको छ । आज अर्थात बिहिबारको दिन उनको जन्म दिन परेको हो । दर्जनौ चलचित्रमा अभिनय गरेकी नायिका झरना चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । ४० औं बर्ष लागेकी उनको बिहानै देखि शुभकामना दिनेको भिड लागेको छ ।

चलचित्र ‘ए मेरो हजुर २’ को सफलतापछि नायिका झरना थापा सफल अभिनेत्रीका रुपमा समेत प्रस्तुत भइन् । उनको डेब्यु निर्देशन चलचित्र ‘ए मेरो हजुर २’ ले पाएको सफलताले हौसिएकी झरना थापाले फिल्म निर्माण गर्ने योजनामा छिन् । चलचित्र धर्मसंकटबाट डेब्गु गरेकी उनले पछिल्लो समय छोरी सुहाना थापालाई पनि चलचित्रमा अभिनय गराएकी छिन् ।

चलचित्र चलचित्र ‘ए मेरो हजुर घ पछि उनि ए मेरो हजुर–४ मा गर्ने भएकी छिन् उक्त चलचित्रम अनमोल र सुहानाको अभिनय रहने भएको छ ।

Comment