भारतबाट नेपाल छिर्ने ४७ नेपाली क्वारेन्टाइनमा



विराटनगर- भारतबाट नेपाल छिर्ने ४७ नेपालीलाई रानी नाका विराटनगरबाट मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

यसैगरी कोरोनाबाट नागरिकलाई सुरक्षित पार्न सरकारले घोषणा गरेको लकडाउनलाई अटेर गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । यस्तै लकडाउन उल्लङ्घन गर्ने २३४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । (रासस)

Comment