मौरी मेरो भगवान भन्दै चाकासहितको मौरी बेचेर धनी भएका चेपाङ आए मिडियामा, भिडियोमा हेनुहोस् कसरी भए मालामाल ?



अहिले चेपाङ समुदायको जिवनसैली फेरिदैं गएको छ । उनिहरु आर्थिक उपार्जनको काम व्यस्त छन् । चेपाङ समुदाय पछिल्लो समय शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकताको बारेमा निकै चनाखो भइसकेका छन् । पुर्खाहरु जंगलमै रमाएको भएपनि अहिलेनको नयाँ पुस्ता भने अन्य समुदाय जस्तै गरी समाजमा आफ्नो पहिचान खोजीरहेको छ ।

प्रकृतिसँग जोडिएका सबै विषयलाई चेपाङ समुदायले भगवानसँग जोडेर हेर्ने गरेको छ । पहिला पहिलाका पुर्खाहरु जंगलमै खेल्ने जंगलमै बस्ने र जंगलमै रमाउने भएकाले पनि प्रकृतिसँग चेपाङ समुदायको बलियो र पुरानो नाता छ ।

चेपाङ बस्तीका विषयवस्तु समेट्ने क्रममा हामी चेपाङ समुदायको बाक्लो बसोवास रहेको मकवानपुर जिल्ला पुग्यौ । मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ । राक्सीराङ गाउँपालिका वडा नम्वर ८ जिर्खेडाँडामा छ सोवरसिंह चेपाङको घर ।

उनले घरमा मौरी पालेका छन् । सोवरले मौरीको मह भन्दा पनि चाकासहितकै घार बेच्ने गरेका छन् । मह बेच्न भन्दा घार बेच्दा फाइदा हुने भएकाले उनले महको साट्टो चाकासहितको मौरीको घार नै बेच्न थालेका छन् । मौरी पालन व्यवसायबाट मनग्य आम्दानी भइरहेको उनले बताएका छन् ।

Comment