कस्ले गर्यो एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या — OSNepal

कस्ले गर्यो एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या

LC (KTM) October 04, 2021 0

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन् । जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसंग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई लक्षित गोली प्रहार भएको जनाइएको छ । बन्दुकधारीले उनीहरुलाई गोली हानेको एक सुरक्षास्रोतले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

गोली प्रहारबाट शादातका छोरा र गाडीका चालक घाइते भएका जनाइएको छ । एक स्वतन्त्र अफगान मिडिया समूह अफगान पत्रकार सुरक्षा समिति ९एजेएससि० ले हत्याको निन्दा गरेको छ । गोली प्रहारको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । स्रोतका अनुसार तालिबान अधिकारीहरुले यस घटनाको अनुसन्धान गरिरहेका छन् ।

अफगानिस्तानको राजाधानी काबुलको पूर्वमा १२० किलोमिटर टाढा रहेको जलालाबाद शहरमा इस्लामसँग सम्बद्ध आतंकवादीहरुले हमला गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर