चर्चित कमेडियन कपिल शर्माले भारत सरकारलाई दिने भए ८० लाख



एजेन्सी – विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संसारभरि चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा एक लाख १४ हजार ६४२ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ३७१ व्यक्ति हाल उपचारारत छन् । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । भारतमा मृतकको संख्या दिनहु बढ्दै गएपछि थप सतर्कता अपनाइएको भारतिय संचार माध्यमले जनाएको छ । भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ ।

यसैक्रममा भारतिय चर्चित हास्यकलाकार कपिल शर्माले पनि भारत सरकारलाई सहयोग गर्ने भएका छन् । भारतिय संचार माध्यमले जनाए अनुसार उनले ८० लाख रुपैयाँ दिने भएका हुन् । शर्माले यो जानकारी ले ट्विट गर्दै भनेका छन् । पनि केहि सहयो गर्ने चाहान्छु

Comment