दाँतमा किरा लाग्यो ? नआत्तिनुहोस्, दाँतको किरा मार्ने यी हुन् अचुक घरेलु उपाय — OSNepal

दाँतमा किरा लाग्यो ? नआत्तिनुहोस्, दाँतको किरा मार्ने यी हुन् अचुक घरेलु उपाय

LC (KTM) October 04, 2021 0

दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं । दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र, तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो, जसलाई हामी ‘पल्प’ भन्छौँ ।

हामीले खाएका पदार्थहरू जब दाँत र गिजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरूबीचको कापमा दन्त लेउका रूपमा अड्केर बस्छ । स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । सो एसिडले ‘इनामेल’ खिइन थाल्छ । खिएको ठाउँबाट जाने ब्याक्टेरियाले भित्री भागमा संक्रमण गर्दै जान्छ ।

विशेष गरी बालबालिकालाई गुलियो खानेकुरा दिँदा दाँतमा किरा लाग्छ भन्ने भ्रम छ । गुलियो मात्रै होइन, जुनसुकै खाद्यपदार्थले पनि दाँत बिगार्छ, यदि त्यो दाँतमा रह्यो भने । तर, के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरू टाँसिने भएकाले छिटो खान मद्दत हुने हो ।बिहान–बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर