चलचित्र ‘फाइटर’ मा दीपिका फाइनल, साथमा हुनेछन् ऋतिक रोशन पनि — OSNepal

चलचित्र ‘फाइटर’ मा दीपिका फाइनल, साथमा हुनेछन् ऋतिक रोशन पनि

LC (KTM) October 04, 2021 0

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण द्वन्द्वप्रधान चलचित्रमा काम गर्ने भएकी छन् । उनले अभिनेता ऋतिक रोशनसँग चलचित्र ‘फाइटर’ मा काम गर्ने भएकी हुन् । जस्तोसुकै भूमिका निर्वाह गर्न पछि नपर्ने उनले ऐतिहासिक चलचित्र ‘फाइटर’ मा काम गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

निर्देशक सिद्धार्थ आनन्दले ‘वार’ ले दुई वर्ष पूरा गरेको छ । सो चलचित्रमा अभिनेता टाइगर श्राफ र ऋतिकको मुख्य भूमिका रहेको थियो । सोही चलचित्रसँगै निर्देशक सिद्धार्थले आफ्नै प्रोडक्सन कम्पनीसमेत खोलेका थिए ।सौर्य दैनिकमा खबर छ । उनले सो कम्पनीको नाम मारफ्लिक्स राखेका थिए । सोही प्रोडक्सन कम्पनीको ब्यानरमा ‘फाइटर’ बन्न लागेको हो । यस चलचित्रमा अभिनेत्री दीपिका र अभिनेता ऋतिकको एक्सन देख्न सकिनेछ । चलचित्र भारतीय सैन्यशक्तिको कथामा आधारित हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर