राष्ट्रिय सभाको बैठक ११ बजे बस्दै यस्तो छ कार्यसुची — OSNepal

राष्ट्रिय सभाको बैठक ११ बजे बस्दै यस्तो छ कार्यसुची

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । आज सोमबार संघीय संसद राष्ट्रिय सभाको बैठक ११ बजे बस्ने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ ,‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गर्ने कार्ययोजना रहेको छ ।

प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग पुरा नभएको भन्दै प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्दै आएका छन् । आजको बैठकमा नेकपा एमालेले के गर्छ त्यो पनि आज महत्वको विषय बनेको छ ।

आजको राष्ट्रिय सभाको बैठकमा सम्भावित कार्यसूची यस्ता छन्,

राष्ट्रपतिको कार्यालयको पत्र

१. सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेज सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने ।

प्रतिवेदन पेश

२. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८’ सभा समक्ष पेश गर्ने ।
व्यवस्थापन कार्य

३. विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने ।

४। माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले तपसिल बमोजिमका विधेयकहरुलाई सभासमक्ष पेश गर्ने ।
(क) फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७८

(ख) यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७८

५. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले

(क) ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ख) ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ग) ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(घ) ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर